मुख्य
पूर्व वाणिज्य मन्त्री विश्वकर्माले सहकारीको रकम दुरुपयोगमा सघाएको आरोप
धरानः सहकारीको रकम हिनामिना गर्न सहयोग गरेको आरोपमा सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले पूर्व वाणिज्यमन्त्री मीनकुमार विश्वकर्मालाई समेत कारवाहीको माग गरेका छन् ।
सल्लेरीका अध्यक्ष तथा शिखर समगरमाथा ज्वेलरीका सञ्चालक कृष्णबहादुर विश्वकर्मासँग मिलेर नेपाली काङ्ग्रेसका नेता तथा पूर्व वाणिज्यमन्त्री विश्वकर्माले जनताको सम्पत्ति हडपेको उनीहरूको आरोप छ । पूर्व वाणिज्य मन्त्री मीन विश्वकर्माको पनि रकम हिनामिनामा मिलेमतो भएको तर कतैबाट पनि निष्पक्ष छानबिन गरेर कारबाहीको दायरामा नल्याएको पीडितहरूको गुनासो छ ।
विश्वकर्मालाई कारवाहीको माग गर्दै सल्लेरी बचत तथा ऋण सहकारी संस्था पीडित सङ्घर्ष समितिले बचत फिर्ता अभियान अन्तर्गत पूर्व वाणिज्य मन्त्री विश्वकर्मासहित कृष्ण विश्वकर्माको परिवारलाई छानबिनको दायरामा ल्याउन माग गरेको हो । सङ्घर्ष समितिले निकालेको र्यालीमा सहभागीले विश्वकर्माले सांसद पदबाट राजीनामा दिनुपर्ने समेत माग गरेका थिए ।
५ लाखदेखि ९० लाख रुपैयाँसम्म बचत गर्नेको रकम हिनामिना भएको बताइएको छ ।
Facebook Comment
Banner
राष्ट्र बैंकको सर्भरमा १५ हजार पटक साइबर आक्रमण, ह्याक गरेर डेटा ‘डार्क वेब’मा अक्सन
नेपाल राष्ट्रबैंकको सर्भरमा ६ महिनाको अवधिमा एकै व्यक्तिले १५ हजार पटक साइबर आक्रमण गरेको पाइएको छ ।
राष्ट्रबैंकको बेवसाइट र वेब एप्लिकेशनहरूमा साइबर आक्रमण भएको भन्दै उजुरी परेपछि केन्द्रीय साइबर ब्यूरोले गरेको अनुसन्धानका क्रममा १५ हजार पटकसम्म आक्रमण भएको खुलेको हो ।
राष्ट्रबैंकको सर्भर ह्याक गरेको आरोपमा साइबर ब्यूरोको टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा ३० फागुनमा नवराज लामिछानेलाई पक्राउ गरेको थियो ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–९ घर भई पोखराको बिरौटा बस्दै आएका २६ वर्षीय लामिछानेलाई काठमाडौं ल्याएर ब्यूरोले अनुसन्धान गरेको थियो । कम्प्युटर इन्जिनियरिङमा स्नातक पास गरेर पोखराकै एक स्कुलमा कम्प्युटर शिक्षकको रुपमा कार्यरत उनले पटक पटक राष्ट्र बैंकमाथि साइबर आक्रमण गरेका थिए ।
Banner
काठमाडौंको बलम्बु प्रहरी प्रभाग इन्सपेक्टरले चलाए गोलि, बडीगार्ड र सेवाग्राही घाइते
काठमाडौंको बलम्बु प्रहरी प्रभागका इन्चार्जले आइतबार साँझ गोली चलाएका छन्। इन्सपेक्टर सुरेन्द्र श्रेष्ठले पेस्तोलको गोलि निकाल्न नसकेपछि पड्काइदिएका हुन्।
उनले गोलि चलाउँदा उनकै बडीगार्ड र सेवाग्राही घाइते भएका छन्।
इन्स्पेक्टर श्रेष्ठ ड्युटी सकेर जाने क्रममा पेस्तोल बुझाउन कोर्टमा गएका पेस्तोलको गालि निकाल्न प्रयास गरेको र ननिस्किएपछि पड्काइदिएको प्रहरीले जनाएको छ।
बडीगार्डको खुट्टामा एक राउन्ड गोली लागेको छ। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। उनी र सेवाग्राहीकै एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धानका लागि इन्स्पेक्टर श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ।
Banner
बम बनाउने विस्फोटक पदार्थसहित माओवादी केन्द्र झापा सचिव मिश्र इटहरीबाट पक्राउ
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login